arrow

कोरोनाको जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
corona-virus-covid-19.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड-१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् ।

अध्ययनका अनुसार कोभिड-१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएकी हुन्। 

कोभिड-सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ । 

भ्यान केरखोभले भाइरसको विकसित प्रकृतिको बारेमा चिन्ता व्यक्त गर्दै कोभिड-१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरूको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएकी छन् । 

विशेष मापदण्डद्वारा परिभाषित, गम्भीर थकान, फोक्सोको कमजोरी, न्यूरोलोजिक समस्याहरू, र रोगको तीव्र चरणपछि चार देखि १२ महिना वा सोभन्दा लामो समयसम्म रहिरहने हृदयघातजस्ता लक्षणसहित, कोभिडपछिको अवस्था चिन्ताको विषय भएको उनले बताइन् ।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड-१९ सङ्क्रमण पछि मृत्यु भएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ