arrow

बीआरआई राष्ट्रिय स्वाधीनताको लागि खतरा भएको अभियानको निष्कर्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
rastriya-ekata-abhiyan-09-2.jpg

जनकपुर । राष्ट्रिय एकता अभियान जनकपुरले राष्ट्रिय स्वाधीनता, बीआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

समाजसेवी राघबेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादव, विशिष्ट अतिथि वरिष्ठ नेता एवं संविधान सभाका सदस्य मा बीपी यादव रहेका थिए भने वक्तामा जीवन साह, जीतेन्द्र दास, मनीष पुर्वे, झोटन मेहतालगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतिमा बीआरआई ऋणजालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानबारे विस्तृत छलफल भएको छ । 

प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासमा चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताए । उनले पोखरा अन्तर्र्राष्ट्रिय विमानस्थलको लागि उपलब्ध गराइएको ऋण भोलि नेपालको सार्वभौमसत्तालाई चुनौती दिने खतरा औँल्याए । 

यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँगको बीआरआई सम्झौता खारेज गर्नुपर्नेमा सहमति जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ