arrow

अफगानिस्तान विरुद्धको टी–२० श्रृंखला भारतलाई, रोहित डकआउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
rohit-sharma-2024-01-15-BCCI.jpg

काठमाडौँ । अफगानिस्तान विरुद्धको दोस्रो टी–२० क्रिकेट पनि भारतले जितेको छ । इन्दोरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

यसअघिको पहिलो खेल पनि ६ विकेटले जितेको भारतले तीन खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । 

खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो । गुल्बादिन नैबले ३५ बलमा ५७, नजबुल्लाह जर्दानले २१ बलमा २३, मुजिब उर रहमानले ९ बलमा २१ तथा करिम जनतले १० बलमा २० रन बनाए । अर्शदीप सिंहले ३ तथ रवि बिस्नोई र अक्षर पटेलले १–१ विकेट लिए । 

जवाफमा भारतले १५.४ ओभरमा ४ विकेटको क्षतिमा जित हासिल गर्यो । यशश्वि जैसवालले ३४ बलमा ६८ तथा शिवम दुबेले ३२ बलमा अविजित रहँदै ६३ रन बनाए । 

विराट कोहलीले १६ बलाम २९ रन बनाए । तर कप्तान रोहित शर्मा भने डक आउट भएका छन् । उनी लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन् । पहिलो खेलमा २ बलमा शून्यमा रनआउट भएका थिए ।

तेस्रो खेल बुधबार बेंगलुरुमा हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ