arrow

युक्रेनलाई यो वर्ष ४.२ अर्ब अमेरिकी डलर जुटाउने राष्ट्र सङ्घको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
united-nations
तस्बिर – फाइल ।

किभ । संयुक्त राष्ट्र सङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यस वर्ष ४.२ अर्ब अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ । 
 
 विशेषगरी राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ बिलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।  

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ बिलियन डलर जुटाउन पनि विश्व निकायको लक्ष्य रहेको छ । 

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा किभले उच्च आशा राखेको बताएकी छिन् । 
  
 उनले आन्तरिक रुपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताइन् ।
  
 सन्  २०२२ को फेब्रवरीदेखि करिब ६.३  मिलियन मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४.९ मिलियन मानिस विस्थापित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ