arrow

लमजुङका रुसी सेनामा गएका साजनको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
russian-army-sajan-gurung.jpg

लमजुङ । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँफालिका १ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । 

उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए । गुरुङका अनुसार उनको मृत्युको खबर चार–पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए ।

गुरुङका अनुसार साजन तीन–चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए । उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए।

साजनको मृत्युको खबर पाएपछि परिवारले काजकिरियासमेत गरेका छन् । पुस २९ गते नै परिवारले छोराको काजकिरिया सकेको वडाध्यक्ष गुरुङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ