arrow

यौन शोषणमा १४ वर्षीया बालिका

बालिका सामूहिक बलात्कार प्रकरण : पक्राउ परेकालाई १३ दिन थुनामा राख्न अदालतको अनुमति

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० माघ ३ बुधबार
mugu-police-office.jpg
फाइल तस्बिर

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिना अघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जना मध्ये तीन जना माथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ। 

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । ती मध्य तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो ।
 
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए । घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् ।
 
छायानाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी एक १४ वर्षिया बालिका माथि नगर प्रहरीका एक जवान सहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ।

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारी सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् । 

अन्य ती नजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ। 

इन्स्पेक्टर बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन्। चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

सोही युवकले अन्य ६ जनासमेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ