arrow

जुम्लामा सबैभन्दा चिसो, आज यस्तो रहनेछ मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
Jumla-himpat-(1).jpg.jpeg

काठमाडौँ । देशभर चिसो बढी रहेको छ । हाल हिमाली भू-भागमा हिमपात, पहाडी भू-भागमा वर्षा र तराई भू-भागमा हुस्सु-कुहिरो लाग्ने गरेको छ ।

गत २४ घण्टाभित्र काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८. १ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ४. ५ डिग्री सेल्सियस रहेको छ । 

सबैभन्दा चिसो जुम्लामा महसुस गरिएको छ । हिमपात भइरहने जुम्लाको अधिकतम तापक्रम १३. ७ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम -४. ९ डिग्री सेल्सियस रहेको छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ