arrow

कांग्रेस नेता सिटौला भन्छन् –पहिचानको विषय समाधान हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
krishna-sitaula-2080-10-03.jpg

टक्सार । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन् । 

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रिय सभाको निर्वाचन पश्चात् यस विषयमा छलफल हुने बताए । 

“यति ठूलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ”, सिटौलाले भने, “माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रिय सभाले पूर्णता पाउने छ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल शुरु भई समाधान निकाल्ने छौँ ।” उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आग्रह गरे । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्”, नेता सिटौलाले भने । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ