arrow

नेप्से परिसूचकः कारोबारमा रेकर्ड, मूल्यमा गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजारमा नेप्से परिसूचक ओरालो लागेको छ। नेप्से बुधबार १२.१० अंकले घटेको हो । मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेर कारोबारसमेत दुई वर्षकै उच्च रहेको बेलामा बुधबार मूल्यमा भने गिरावट आउँदा २१६३.०६ विन्दुमा झरेको छ।

तर कारोबार भने मंगलबारको भन्दा पनि बढी भएर रेकर्ड बनेको छ । कारोबार पौने १० अर्ब बराबरको भएको छ । बुधबार ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको हो । 

नेप्सेमा करेक्सन आउँदा २८ महिनायताकै उच्च कारोबार बुधबार भएको हो । यो कारोबार रकम २०७८ भदौ २१ यताकै उच्च हो । त्यो दिन ९ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो।

मंगलबार ४.७५ प्रतिशले उकालो लागेको फाइनान्स उपसमूहको सूचक बुधबार ३.५१ प्रतिशतले ओरालो लागेको छ। यस्तै जलविद्युत उपसमूहको सूचक पनि २.८० प्रतिशतले घटेको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ