arrow

सिरियामा जोर्डनको हवाई आक्रमण: नौ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
siriya1.jpg

काठमाडौँ ।  सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ । 

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान-श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।  सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ । 

जोर्डनले सक्रिय रूपमा सिरिया-जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।



नयाँ