arrow

चौथो टी–२० मा पनि पाकिस्तान निरीह, न्यूजिल्याण्ड ह्वाइटवासतिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
glenn-philips-afp-2024-01-1.jpg

काठमाडौँ । न्यूजिल्याण्डले पाकिस्तान विरुद्धको चौथो टी–२० क्रिकेटमा पनि हार बेहोरेको छ । क्राइस्टचर्चमा भएको खेलमा न्यूजिल्याण्ड ७ विकेटले विजयी भएको हो । 

१५९ रनको चुनौती न्यूजिल्याण्डले १८.१ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । चौथो विकेटका लागि डेरिल मिचेल र ग्लेन फिलिप्सबीच कीर्तिमानी १३४ रनको अविजित साझेदारी भएसँगै न्यूजिल्याण्डले सहज जित हासिल गरेको हो । 

टी–२० मा न्यूजिल्याण्डले चौथो विकेटका लागि यसअघि १२४ रनको साझेदारी गरेको थियो । कीर्तिमान बनाउने क्रममा मिचेलले ४४ बलमा ७२ तथा पिलिप्सले ५२ बलमा ७० रन बनाए । यसअघि २० बनाउँदा शुरुआती ३ विकेट गुमाएर न्यूजिल्याण्ड संकटमा परेको थियो । तीन वटै विकेट शहिन शाह अफ्रिदीले लिएका थिए । 

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद रिजवानको विष्फोटक ब्याटिङको मद्धतले ५ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । 

रिजवानले ६३ बलमा अविजित रहँदै ९० रन बनाए । तर अन्य ब्याट्सम्यान भने जम्न सकेनन् । 

यो हारसँगै पाकिस्तानले पाँच खेलको श्रृंखला ४–० ले गुमाएको छ । वाइटवास नजिक पुगेको पाकिस्तानले अन्तिम खेल आइतबार खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ