arrow

राप्रपा नेपालले पूर्वराजालाई स्वागत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
rpp-nepal-makwanpur.jpeg

हेटौँडा । आइतबार मकवानपुरको हेटौँडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।

हेटौँडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी जिल्ला समितिको शुक्रबार बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ । हामी तयारीमा जुटिसकेका छौँ’, जिल्ला अध्यक्ष सापकोटाले भने ।

पूर्वराजा शाहलाई आइतबार मध्यानह १२ बजे हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ। उनी हेटौँडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौँँडा–१० स्थित भुटनदेवी मन्दिर पनि जानेछन् । 

 मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा माघ ७ गते आइतबार हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति निर्माण भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ