arrow

देशैभर घट्दो क्रममा तापक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
fog-malangawa.jpg
तस्बिर–सर्लाही सदरमुका मलङ्गवामा लागेको कुहिरो, चिसो हावासँगै झरिरहेको शितलहर तथा बाक्लो मात्रामा लागेको कुहिरोका कारण जनजीवन प्रभावित भएको छ, रासस ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै  देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु–कुहिरो लागेको छ।

देशैभर तापक्रम घट्दो क्रममा देखिएको छ । काठमाडौँ उपत्यकामासमेत एक डिग्री तापक्रम घटेको छ । न्यूनतम तापक्रम ४ डिग्रीमा झरेको छ । अधिकतम तापक्रमसमेत घटेर १७.४ डिग्री रहेको छ । 

तराईमासमेत शीतलहरले तापक्रम स्वात्तै घटेको छ । जुम्लामा सबैभन्दा कम माइनस ५.९ डिग्री रहेको छ । न्यूनतममा सबैभन्दा बढी विराटनगरमा १० डिग्री रहेको छ । 

त्यस्तै अधिकतममा सबैभन्दा कम धनगढीमा ११.४ डिग्री रहेको छ । अधिकतममा सबैभन्दा बढी वीरेन्द्रनगरमा २१.१ डिग्री रहेको छ । जबकि त्यहाँ न्यूनतम ४.४ डिग्री रहेको छ । 

महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। 

साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले तीन दिनको मौसम आँकलन पठाएको छ । जसमा दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार
दिउँसो–  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार
दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ