- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डीआईजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । छिन्नमस्ता बाहिनी बर्दिबासमा कार्यरत डीआईजी शाहलाई आठ बाहिनीपतिमध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।
देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरूमध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल हल्चोक मूख्यालय स्रोतले जनाएको छ ।
आठ ओटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो ।
मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाईसमेत न्यूनीकरण गरेको भन्दै सो बाहिनीका बाहिनीपति डीआईजी शाहलाई पुरस्कार ग्रहण गर्न काठमाडौँ बोलाइसकेको छ ।
उनी काठमाडौ आइसकेको मूख्यालयका एक अधिकृतले बताए । वर्षभर उत्कृष्ट भएका बाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
हरेक वर्ष उत्कृष्ट युनिटलाई सशस्त्र प्रहरी मुख्यालयले पुरस्कृत गर्दै आएको छ । देशभर एआईजीको नेतृत्वमा अनुगमन गरी उनीहरूको कार्यसम्पादनलाई आधार मानेर पुरस्कार प्रदान गर्ने गरिन्छ ।
यस वर्ष तीन एआईजीको नेतृत्वमा अनुगमन भएको थियो । डीआईजी र एसएसपीहरुले गण, गुल्म, बीओपीहरुको अनुगमन गरेका थिए ।