arrow

मलाड क्षेत्रमा रहेको २२ तले भवनमा भीषण आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
fire-final.jpeg

मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचओटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।

यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ