arrow

लगातार चार हारपछि पाकिस्तानले अन्तिम खेलमा जित्यो न्यूजिल्याण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
t20-pak-nz-AFP.jpg

काठमाडौँ । पाकिस्तानले न्यूजिल्याण्ड विरुद्धको लगातार हारको सिलसिला रोकेको छ । लगातार चार खेलमा हार बेहोरेपछि पाकिस्तानले टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा जित निकालेको छ । पाकिस्तानले क्राइष्ट चर्चमा आइतबार न्यूजिल्याण्डलाई ४२ रनले पराजित गरेको हो । 

पाकिस्तानले दिएको १३५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.२ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।

पाकिस्तानको जितमा बलर इफ्तिकार अहमदले ३ विकेट लिए भने शहीन शाह अफ्रिदी र मोहमद नवाजले २–२ विकेट लिएका थिए । त्यस्तै जमान खान र उसमा मिरले एक एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

यस खेलमा इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच बनेका छन् भने न्यूजिल्याण्डका फिन एलेन प्लेयर अफ द सिरिज बनेका छन् ।

योसँगै न्यूजिल्याण्डले ५ खेलको श्रृंखला ४–१ ले जितेको छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ