arrow

नबिल बन्यो छ महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
nabil-bank-nbank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नबिल बैंक चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । बैंकले जारी आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिलले नै कमाएको हो ।

बैंकको खराब कर्जा (एनपीएल) ०.२६ प्रतिशत घटेर १.२ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा १.४६ प्रतिशत थियो ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत बढेर ८ अर्ब २४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको नेट फी तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेर १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । 

कुल सञ्चालन आम्दानी पनि ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड रुपैयाँ भएको छ । सञ्चालन नाफा ६.२८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ८ करोड रुपैयाँ रहको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ