arrow

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
pmcup-koshi-gandaki.jpg

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ । 
    
जितका लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २५ रनमा समेटियो । कोशीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

कोशीका कप्तान अङ्कित सुवेदीले ८ रन जोडे भने कमल खत्रीले ५, आशिष भट्टराई र अभ्यास तिमिसिनाले समान तीनरतीन रन जोडे । बलिङततर्फ गण्डकी प्रदेशका विपीन खत्री एक्लैले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन विकेट झारे भने अङ्कित न्यौपानेले एक विकेट लिए । 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनायो । 

गण्डकीका लागि मुस्कान थापाले ६७ रनको योगदान दिए । उनले एक सय २२ बल खेल्दै सात चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । त्यसैगरी कप्तान विपीन खत्रीले ४२ रन बनाए भने कमल परियारले १३ रन जोडे । 
    
कोशी प्रदेशका अभ्यास तिमिसिनाले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन तथा अङ्कित न्यौपानले एक विकेट लिए । यस जितसँगै गण्डकीले पहिलो जित दर्ता गराएको छ । 

गण्डकीले चार खेलमा दुई अङ्क जोडेको छ । छैटौँ खेलमा पराजित रहेको कोशी प्रदेश भने अङ्कविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ