arrow

युक्रेनी आक्रमणमा २५ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
russi-aukraine-three-city.jpg

काठमाडौँ ।  पूर्वी युक्रेनमा रुसले कब्जा गरेको सहर डोनेट्स्कको एउटा बजारमा भएको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु र २० जना घाइते भएको रुसी–नियन्त्रित क्षेत्रका प्रमुखले आइतबार बताएका छन् ।

मस्कोमा स्थापित डोनेट्स्क क्षेत्रका नेता डेनिस पुसिलिनले टेलिग्राममा भने, “अहिलेसम्म २५ को मृत्यु भएको पुष्टि भएको छ । कम्तीमा २० जना घाइते भएका छन् ।” यो मृत्य हालैका महिनाहरूमा डोनेट्स्कमा रिपोर्ट गरिएको सबैभन्दा घातक घटनामध्येको एक हो । 

“एउटा बजारमा भएको भयानक बम विस्फोटमा १३ जना मारिएका छन्”, पुलिसिनले यसअघि भन्नुभएको थियो, “सबैभन्दा बढी भिड भएको बेला आइतबार बजारमा आक्रमण गरियो ।” उनले मृतक र घाइतेहरूका बारेमा विवरण आउन बाँकी रहेको बताए । डोनेट्स्कका मेयर एलेक्सी कुलेमजिनले सहरको उत्तरपूर्वमा गोलाबारी भएको सूचना दिएका थिए । 

मस्कोले क्षेत्रमाथि पूर्ण नियन्त्रण नगरेको भए पनि सन् २०२२ मा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमाथि कब्जा गरेको दावी गरेको छ । सन् २०१४ मा डोनेट्स्कलाई आशिंकरूपमा रुसी सेना वा उसका प्रतिनिधिहरूले नियन्त्रण गरेका छन् । 

यो सहर फ्रन्टलाइनबाट करिब २० किलोमिटर टाढा छ र युक्रेनी सेनाले नियमितरूमा बमबारी गरिरहेको छ । जनवरी १ को रातमा डोनेट्स्कमा भएको आक्रमणमा चार जनाको मृत्य र पत्रकारसहित १३ जना घाइते भएको रुसी–नियन्त्रित अधिकारीहरूले बताएका छन् । 

एक सातापछि मस्कोमा अर्थोडक्स क्रिसमस बनाउनुभन्दा एक दिनअघि युक्रेनी गोलाबारीमा डोनेट्स्कमा दुई जनाको मृत्यु भएको रुसी व्यावसायिक अधिकारीहरूले बताएका छन् । करिब दुई वर्षपछि युद्ध चर्किंदै जाँदा दुवै पक्षले हालका साताहरूमा आक्रमणलाई बढाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ