arrow

बिग बास लिगको उपाधि ब्रिसबेन हिटलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
big-bass-brisbane-heat-2024.jpg

काठमाडौँ । ब्रिसबेन हिटले यस वर्षको अस्ट्रेलियाको बिग बास लिग क्रिकेटको उपाधि जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा ब्रिसबेनले सिड्नी सिक्सर्सलाई ५४ रनले पराजित गर्दै ब्रिसबेनले दोस्रो पटक बिग बास लिग जितेको हो ।

ब्रिसबेनले दिएको १६७ रनको लक्ष्य पछ्याएको सिड्नीले १७.३ ओभरमा अलआउट हुँदै ११२ रन मात्र बनाएको थियो । यसअघि पहिले ब्याटिङ गर्दै ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

ब्रिसबेनले योसहित दुई पटक बिग बास लिगको उपाधि जितेको छ । यसअघि सन् २०१२ मा ब्रिसबेनले बिग बास लिग जितेको थियो ।

अहिलेसम्म पार्थ स्कोर्चर्सले सबैभन्दा बढी ५ पटक बिग बास लिगको उपाधि जितेको छ भने यस सिजनमा उपविजेता बनेको सिड्नी सिक्सर्सले यसअघि ३ पटक यो उपाधि जितेको छ ।

 त्यस्तै मेलबर्न रेनेगेडस, एडिलेड स्ट्राइकर्स र सिड्नी थण्डर्सले यो उपाधि एक एक पटक जितेका छन् । त्यसैगरी मेलवर्न स्टार्स र होबर्ट हुरिक्यान्सले भने अहिलेसम्म बिग बास लिग जित्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ