arrow

राष्ट्रिय सभा निर्वाचनका दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
cold-weather.jpg

काठमाडौँ । आज राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भइरहेको छ । आजको दिन मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार  आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ