arrow

लगातार दोस्रो दिन काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो, मुलुकभर घट्यो तापक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
fog-malangawa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यसपालिको चिसो बल्ल भइरहेको छ । चिसो सकिएर तातो हुने बेलामा देशैभरको तापक्रम घटेको हो । 

काठमाडौँ उपत्यकामा त यस वर्षकै सबैभन्दा कम तापक्रम बिहीबार र शुक्रबार मापन गरिएको  छ । दुवै दिनको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । 

मौसम नै बदलिने गरी पानी पर्ने सम्भावना नरहेको अवस्थामा चिसो अझै बढ्ने र तत्काल चिसो हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँको अधिकतम तापक्रम पनि घटेर १६.६ डिग्रीमा झरेको छ । उपत्यका बाहिरको तापक्रम पनि घट्दो क्रममै रहेको छ । तराईमा शीतलहर चलेको छ । 

सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.२ डिग्री रहेको छ । त्यस्तै दिपायलमा १.९, डडेलधुरामा २.१, वीरेन्द्रनगरमा २.६, ताप्लेजुङमा ३, घोराहीमा ५, सिमरामा ५.६, धनगढीमा ६, भैरहवामा ६.९ तथा पोखरामा ७ डिग्री रहेको छ । 

अधिकतममा सबैभन्दा कम भैरहवामा १२.१, सिमरामा १२.२ तथा जुम्लामा १२.३ डिग्री रहेको छ । अधिकतम भने दिपायलमा २२ डिग्री सेल्सियस रहेको छ । 

समग्रमा मुलुकभर चिसो छ । 

महाशाखाले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको जनाएको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ