arrow

नेपाल आउने क्यानडेली क्रिकेट टोलीलाई नेपाली समाजको बिदाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
canada-cricket-nrna-farewel.jpg

काठमाडौँ । नेपाल आउने क्यानडाको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली समाजले बिदाइ गरेको छ । टोलीलाई ब्राम्पटनको स्पेरेन्जा ब्याङ्कवेट हलमा भएको कार्यक्रममा एनआरएनए क्यानडासहित विभिन्न एक दर्जन नेपाली समाजले ढाका टोपी लगाइदिएर बिदाई गरेका हुन् ।  

उक्त टिमलाई एनआरएनए क्यानडासहित नेपलिज कम्युनिटी नेटवर्क अफ क्यानडा, लालीगुराँस स्पोर्टस क्लब, नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटी, नेपाल हाउस, क्यानडा नेपाल फ्रेन्डशिप एन्ड कल्चरल सोसाइटी, टोरन्टो नेपलिज स्पोर्टस क्लब, फेडेरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्स, चितवन सोसाइटी क्यानडा, नेपलिज क्यानेडियन हेरिटेज सेन्टर, क्यानेडियन नेवारी गुठी गरी ११ नेपाली समाजको आयोजनामा कार्यक्रम गरिएको हो । 

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डरअनुसार क्यानडेली टिम फेब्रुअरीको पहिलो साता काठमाडौँ आउने छ । क्यानडेली क्रिकेट टिम आइतबार हङकङ जाने र त्यहाँ खेलेपछि नेपाल आउने छ । 

क्यानडेली टिमले नेपाली टिमसँग काठमाडौँमा तीनओटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । खेल फेब्रुअरी १०, १२ र १४ तारिखमा हुनेछ ।

त्यसपछि क्यानडाले मूलपानीमा अभ्यास गर्दै नेपालको ‘ए’ टिमसँग थप खेलहरु खेल्ने क्यानले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ