arrow

रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारत र फ्रान्स सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
modi-macron-meet-2022.jpg

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने राजकीय भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत भएका छन् । 

दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह-विकास र सह-उत्पादनमा सहमत भएको बताइएको छ । 

अन्तरिक्ष, भूमि युद्ध, साइबर स्पेस र कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रहरूमा टेक्नोलोजी सहयोगलाई सहज बनाउने दुई देशबिचमा सहमति भएको हो । 

दुवै पक्षले रक्षा-अन्तरिक्ष साझेदारीमा एक सम्झौतामा पनि सहमति जनाएका छन् । 

साथै स्याटलाइट प्रक्षेपणमा न्यू स्पेस इन्डिया लिमिटेड र फ्रान्सेली कम्पनी एरियनस्पेसबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

भारतीय विदेशसचिव विनयमोहन क्वात्राका अनुसार टाटा र एयरबस हेलिकप्टरबीच स्थानीय कम्पोनेन्टसहितको एच १२५ हेलिकप्टर उत्पादनका लागि साझेदारी गर्न दुवै पक्ष सहमत भएका छन् । 

दुवै पक्षले स्वास्थ्य सेवा, शिक्षा, तालिम र अनुसन्धान जस्ता क्षेत्रमा आ-आफ्ना स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ