arrow

प्रजातन्त्रका सेनानीलाई सम्मान गर्‍यो काँग्रेसले

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
deuba-syangja-1.jpeg
स्याङ्जा। मुलुकका हरेक परिवर्तनमा ज्यानको प्रवाह नगरी प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको प्रजातन्त्र सेनानीलाई नेपाली काँग्रेस स्याङ्जाले अभिनन्दन गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका स्याङ्जा आरुखर्क ६ निवासी महनीप्रसाद पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन्। ६६ वर्षिय पौडेल विगत १ वर्षदेखि मष्तिश्कघातबाट पीडित छन्। उनको भारतमा उपचारपछि स्वास्थ्यमा सामान्य सुधार आएको छ। २००७ सालको आन्दोलन देखि २०६२÷०६३ को जनआन्दोलन सम्म आइपुग्दा सक्रिय भुमिका निर्वाह गरेका पौडेललाई स्याङ्जा काँग्रेसले अभिनन्दन गरी उनले प्रजातन्त्र र लोकतन्त्र प्राप्तीका लागि गरेको योगदानको समेत चर्चा गरिएको थियो।
 
सेनानी पौडेललाई सम्मान गर्दै नेपाली काँग्रेस सभापति देउवाले प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका योद्धाहरुलाई मृत्यूपश्चात मात्रै सम्झने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। देशको लागी योगदान दिएकाहरुको लागी मत्युपश्चात भन्दा पनि अघिनै सम्मान र उच्च कदर हुनुपर्ने सभापति देउवाले जोड दिए।  प्रजातन्त्र प्राप्तीका लागि स्याङ्जाको पनि महत्वपूर्ण भुमिका रहेको छ सभापति देउवाले भने,“प्रजातन्त्रका योद्धा पौडेललाई सम्मान गर्न पाउँदा आफुलाई निकै खुसी लागेको छ। ” यस्ता योद्धाहरुलाई पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। सो कार्यक्रममा वोल्दै देउवाले मुलुकको समस्या समाधान गर्नका लागि संविधान संशोधन हुनुपर्ने जिकिर गरे। संविधान संशोधन नभए सम्म संविधान कार्यन्वयन हुन सक्दैन पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने,“राजनीतिमा सत्ता प्रमुख विषय भएपनि अहिले देखिएका समस्या प्रमुख विषय हो। ” 
 
समस्याको निकास खोजेर अगाडी बढ्नु पर्ने एक मात्र्र विकल्प भएकोले सबै दलहरु विच एकता हुनुपर्ने देउवाले बताए। अभिनन्दन कार्यक्रममा पुर्वमन्त्री गोपालमान श्रेष्ठ, सांसदद्धोय राजु थापा र जिवसेरीङ लामालगायतले सत्कर्म र सत्विचारले भरिएको मान्छेका जिवन सार्थक हुने भन्दै पौडेल एक सच्चा र निष्ठावान योद्धा रहेको बताएका थिए। राष्ट्र राष्ट्रियता प्रजातन्त्र र समृद्धिको लागी नेपाली कागे्रस लागी परिरहेको नेताहरुले बताएका थिए।
 
जिल्ला सभापति कमलप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न अभिनन्दन समारोहमा सचिव कुमार राना, कोषाध्यक्ष प्रेमराज पौडेल, आरुखर्क गाउँ सभापति नारायणप्रसाद पौडेल लगायतले पौडेलले पाटी र प्रजातन्त्रमा पु¥याएको योगदानको उच्च कदर गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ