arrow

छ सय भन्दा बढीलाई विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने विकास पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
bikas-waiba-crime--(13).jpg

काठमाडौँ । छ सय भन्दा बढी बेरोजगारलाई विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने विकास वाइवा भन्ने सुजन तामाङ पक्राउ परेका छन् । ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भई हाल इमाडोल बस्ने ३२ वर्षे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौँ महानगरपालिका १६ बालाजु चोकमा युरो विङ्स एजुकेसन कन्सल्टेसन संचालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपेली मुलुक माल्टा, पोल्याण्ड, क्रोएसिया र क्यानडा लगायतका देशहरूमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करोडौँ रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार कसूर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका तामाङलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । 

तामाङलाई बुधबार पक्राउ गरी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

bikas-waiba-crime- (1).jpg
bikas-waiba-crime- (2).jpg
bikas-waiba-crime- (3).jpg
bikas-waiba-crime- (4).jpg
bikas-waiba-crime- (5).jpg
bikas-waiba-crime- (6).jpg
bikas-waiba-crime- (7).jpg
bikas-waiba-crime- (8).jpg
bikas-waiba-crime- (9).jpg
bikas-waiba-crime- (10).jpg
bikas-waiba-crime- (11).jpg
bikas-waiba-crime- (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ