arrow

पर्यटनमन्त्री किरातीद्वारा वायुसेवा निगमको निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
sudan-kirati-2080-06-25.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिएका छन् ।

मन्त्री किरातीले बिहीबार नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रर्वाहबारे निरीक्षण गरेका हुन् । 

उनले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
 
सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए । 

उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । 

निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए ।



नयाँ