arrow

सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउनुपर्छ : मानव अधिकार आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
manab-adhikar_aayog.jpg

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताएका छन् । 

आयोगले बिहीबार आयोजना गरेको ‘सेवाप्रदायको दायित्व र उपभोक्ताको अधिकार’ विषयक छलफलमा अध्यक्ष मगरले सार्वनिजक यातायातलाई भरपर्दो, मर्यादित र उपभोक्तामैत्री बनाउनुपर्ने बताएका हुन् । 

“सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ”-उनले भने, “सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न, यात्रुलाई सहज यात्रा र सुरक्षित बनाउन सबैले निकायले ध्यान दिन जरुरी छ ।

 सार्वजनिक सवारीसाधनमा ‘अपशब्दको प्रयोग हुने गरेको, दुव्र्यवहार हुने गरेको उजुरी परेपछि आयोगले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । 

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक, सहचालकले उपभोक्ताले गर्ने मानव अधिकारमैत्री व्यवहार गर्नुपर्ने, काम गर्ने कामदारले उचित पारिश्रामिक पाउनुपर्नेलगायत विषयमा पनि छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ