arrow

पटाखा कारखानामा भयानक विष्फोटपछि आगलागी, कम्तीमा सातको मृत्यु, ५८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
fire-final.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । भारतको मध्यप्रदेशको हरदा जिल्लास्थित पटाखा कारखानामा विष्फोट भएको छ । उक्त भयानक विष्फोटमा उक्त क्षेत्र पूरै जलेको छ । जसका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने ५८ जना जलेका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ । 

राज्य सरकारले आपतकालीन बैठक डाकेको छ । बैठकले सम्बन्धित अधिकारीहरुलाई घाइतेहरुको उपचारमा कुनै कसूर बाँकी नराख्न आदेश दिएको छ । 

स्थिति अझै नियन्त्रणमा आउन नसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ