arrow

फ्रान्सले बन्धकहरूको रिहाइका लागि पहल गर्दै, हमासको आक्रमण ठूलो यहुदी-विरोधी नरसंहार : म्याक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
macron-france.jpg

काठमाडौँ । फ्रान्सेली पीडितहरूलाई श्रद्धाञ्जलि दिनका लागि बुधबार आयोजित एक समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजरेलमाथि हमासले अक्टोबर ७ मा गरेको आक्रमणलाई ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी-विरोधी नरसंहार’ बताएका छन् ।

उनले प्यालेस्टिनी लडाकू समूहको आक्रमणलाई बर्बरता भन्दै ऊ यहुदी-विरोधबाट सिञ्चित छ र यसको प्रचार गर्छ भने । साथै उनले व्यापक यहुदी-विरोधसामु नझुक्ने वाचा गरे ।

पेरिसमा इनभेलाइड्स मेमोरियल कम्प्लेक्समा आयोजित समारोहमा हमासद्वारा इजरेलमा मारिएका ४२ फ्रान्सेली नागरिकलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो । अन्य तीन नागरिक बेपत्ता छन् र उनीहरूलाई बन्धक बनाइएको विश्वास गरिएको छ । 

राष्ट्रपति म्याक्रोनले बाँकी फ्रान्सेली बन्धकहरूको रिहाइका लागि ‘हरेक दिन’ काम गर्ने बताए । उनले तिनीहरूको कुर्सी खाली रहेको बताए । 

“कुनै पनि कुराले आतङ्कवादलाई न्यायोचित भन्न सकिँदैन र माफ गर्न सकिँदैन”, उनले भने । उनले गाजापट्टीमा इजरेलको बमबारीबाट फ्रान्सेली पीडितहरूलाई सम्झिने अवसर प्रदान गने बताए । 

आधिकारिक इजरेली आँकडाको आधारमा एएफपीका अनुसार अहिलेसम्म सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा इजरेलमाथि हमासको अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । 

उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो । 

हमास लडाकूहरूले करिब दुई सय ५० बन्धकलाई आफ्नो कब्जामा लिएका छन् । इजरेलले गाजामा एक सय ३२ रहेका र तिनमा २९ जनाको मृत्यु भइसकेको बताएको छ । 

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र हवाई तथा स्थल आक्रमण गरेको छ । आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २७ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ । 

युद्धलाई ‘पीडाको आँधी’ भन्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने, “फ्रान्सको नजरमा सबैको जीवन समान र अमूल्य छ ।” उनले फ्रान्सले ‘बदलाको भावनालाई कहिले पनि अनुमति दिने छैन’ र ‘यी चुनौतहरूमा हामीलाई कुनै पनि कुराले विभाजित गर्नुहुँदैन’ भने । उनले फ्रान्स ‘मध्यपूर्वमा सबैका लागि शान्ति र सुरक्षाको आकांक्षाहरूको जवाफ दिनका लागि’ सबैथोक गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ