arrow

घट्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा बुधबारको तुलनामा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो। यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ