arrow

नेपाल–क्यानडा श्रृंखला

नेपालले क्यानडालाई दियो २२५ रनको चुनौती, भगवानलाई तीन विकेट

कुशल भुर्तेलले बनाए ५८ बलमा ६२ रन, सोमपालको खातामा २३ बलमा २७ रन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
odi-nepal-canada-2024-02-08.jpg

काठमाडौँ । नेपालले एक दिवसीय क्रिकेटको पहिलो खेलमा क्यानडालाई जितका लागि २२५ रनको चुनौती दिएको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धातिर ५० ओभरमा २२४ रन बनायो । 

ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए । 

त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए । 

सन् २०१८ मा पहिलो पटक एक दिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक औपचारिक एक दिवसीय श्रृंखला खेलिरहेको हो । 

क्यानडा तीन खेलको एक दिवसीय श्रृंखला खेल्न नेपाल आएको हो । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ