arrow

नेपाल क्यानडाको क्रिकेट चलिरहँदा बलात्कारका दोषी सन्दीपको पक्षमा नारा लगाउने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
tucricket-2080-10-25.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एक दिवसीय क्रिकेट शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ । 

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन् । उनीहरुले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केहीबेर खेल नै प्रभावित भयो ।

नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ । 

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । सोही क्रममा दर्शकले  ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै नाराबाजी गरेका हुन् ।

खेलमा क्यानडाले २२५ रनको चुनौती पछ्याइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ