arrow

चार बालविवाह एकैदिन रोकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
child-marriage-AI.jpg

हेटौँडा । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकै दिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । 

कैलाश गाउँपालिका(३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका(३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । मनहरी गाउँपालिका ४ की १५ वर्षीया बालिका र हेटौँडा ३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ । 

मकवानपुरगढी गाउँपालिका २ की १८ वर्षीया र हेटौँडा १७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिए । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उनले बताए ।

१३, १४, १५ र १८ वर्षीया बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिइन् । 

जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् । कानूनी प्रावधान बमोजिम २० वर्ष पूरा भएपछिमात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सबैभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताए । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उनको भनाइ छ । 

अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहुँदा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उनले बताएका छन् ।

जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकाससँगै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् । आव २०७९–०८० मा कैलाश गाउँपालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ । 

जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन् । राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन् ।

मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् । 

मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन् । 

विकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हुँदा कम तथ्यांक आएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ