arrow

एसीसी महिला प्रिमियर कपमा नेपालको गतिलो शुरुआत, हङकङमाथि ८ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
nepal-cricket-women-2024-02.jpg

काठमाडौँ । मलेसियामा शुरु भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले गतिलो शुरुआत गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको छ । 

टी–२० फर्म्याटमा भइरहेको खेलमा ९४ रनको चुनौती नेपालले १४.१ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान इन्दू बर्माले ३३ बलमा अविजित रहँदै ४० तथा सीता राना मगरले ३८ बलमा अविजित रहँदै ३६ रन बनाइन् ।

खेलमा पहिले ब्याटिङ गरेको हङकङले कप्तान चाङ का यिङ करीको २१ रनको मद्धतले ८ विकेटको क्षतिमा ९३ रन बनायो । नेपालका लागि पूजा महतो र रुबिना क्षेत्रीले समान २ विकेट लिए । कविता जोशी र सीता राना मगरले १–१ विकेट लिए । 

यस प्रतियोगितामा नेपाल समूह डी मा रहेको छ । समूह डीमा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । 

दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्दैछ र 

मंगलबार नेपालले माल्दिभ्ससँग खेल्ने छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, यूएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एसिया कप २०२४ मा छनोट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंङ एसिया कप २०२५ मा छनोट हुने छन् ।

एसीसी महिला प्रिमियर कप फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ