arrow

माओवादी केन्द्रको दुई दिने केन्द्रीय समिति बैठक आजबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
maoist-centre-meeting-2080-04-18.jpg
फाइल तस्बिर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को दुई दिने केन्द्रीय समितिको बैठक आज बस्दैछ । 

बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने छ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ । 

बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । 

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । 

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ