arrow

एसीसी महिला प्रिमियर कप

नेपालको लगातार दोस्रो सफलता, भुटानमाथि सहज ८ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
acc-premere-cup-nep-bhu.jpg

काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार क्वालालम्पुरमा भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले सहजै हराएको थियो । 

पहिलो खेलमा पनि नेपालले शनिबार हङकङमाथि ८ विकेटकै सहज जित हासिल गरेको थियो । आइतबार भुटानले दिएको मात्र ६५ रनको लक्ष्य नेपालले ११.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । 

सीता राना मगरले ३७ बलमा अविजित रहँदै ३२ रन बनाइन् । त्यस्तै रुविना क्षेत्रीले २४ बलमा १७ रन बनाइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानका लागि ङवाङ छोडेनले सर्वाधिक २५ रन बनाइन् ।

नेपालका लागि इन्दू बर्मा, कविता कुँवर, सीता राना मगर र कविता जोशीले १–१ विकेट लिए । 

समूह डीमा रहेको नेपालले अब समूहको अन्तिम खेलमा मंगलबार माल्दिभ्ससँग खेल्नेछ । १६ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने छन् । नेपालको अन्तिम चार सम्भावना लगभग पक्का भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ