arrow

घट्यो सुनको भाउ, चाँदी स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । 

साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ