arrow

अष्ट्रेलियाले वेष्ट इन्डिजलाई हरायो, म्याक्सवेलले गरे रोहितको बराबरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
glenn-maxwell-2024-02-11.jpg

काठमाडौँ । अष्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले टी–२० क्रिकेटमा कीर्तिमानी ब्याटिङ गरेका छन् । वेस्ट इन्डिज विरुद्धको टी–२० खेलमा ५० बलमा शतक बनाउँदै म्याक्सवेलले पाँचौँ शतक बनाएका हुन् । योसँगै म्याक्सवेलले अन्तर्राष्ट्रिय टी–२० मा सबैभन्दा बढी शतक बनाउने भारतका रोहित शर्माको बराबरी गरेका छन् ।

रोहितले १५१ खेलमा ५ शतक बनाएका छन् भने म्याक्सवेलले १०२ खेलमा पाँच शतक बनाएर कीर्तिमान बराबरी गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका सूर्यकुमार यादव ६० खेलमा ४ शतक बनाएर दोस्रो स्थानमा छन् ।

वेस्ट इन्डिज विरुद्धको यो खेल अस्ट्रेलियाले ३४ रनले जितेको छ । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दैं २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको छ । जसमा म्याक्सवेलले ५५ बलमा अविजित १२० रन बनाए । 

जवाफमा वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा २०७ रनमात्र बनाउन सक्यो । कप्तान रोभमन पवेलले ३६ बलमा ६३ रन बनाए । मार्कस स्टोइनिसले ३ विकेट लिए । 

जितसँगै अष्ट्रेलियाले ३ खेलको श्रृंखला २–० ले जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ