arrow

चाँदीको भाउ बढ्यो, सुनको स्थिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबारस्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार सोही मूल्यमा भएको थियो ।  

त्यसैगरी सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ