arrow

एमालेको रौतहट अधिवेशनमा लफडा, खडा गरियो गुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
CPN-UML-Flag.jpeg
तस्बिर – फाइल ।

रौतहट । नेकपा एमालेको दशौँ रौतहट जिल्ला अधिवेशन जारी रहेको छ। गरुडामा जारी चुनावी प्रतिस्पर्धाले रौतहट एमालेमा गुटको स्पष्ट विभाजन गरेको देखिएको छ। 

विशेष गरी महासचिव शङ्कर पोखरेलको तर्फबाट मधेस प्रदेश कमिटीका उपसचिव आरती भण्डारीको चलखेलले गुटको स्पष्ट विभाजन देखिएको एक प्रतिनिधि बताउँछन् । 

नवौँ जिल्ला अधिवेशनमा टिम प्रभु साहको तर्फबाट देखिएकी भण्डारी अत्यन्तै छोटो समयमा भ्रातृ संगठनबाट एकैचोटी केन्द्रीय राजनीतिमा प्रभाव पार्ने युवा नेतृ हुन् ।

उनैको नेतृत्वमा मधेस प्रदेशमा हाल रौतहट एमालेमा महासचिव पोखरेलले गुट सञ्चालन गरिरहेको नाम नबताउने सर्तमा मधेस प्रदेश कमिटीका एक सदस्य बताउँछन् । 

यतिबेला रौतहट एमालेमा गुटको एकातिर महासचिव पोखरेलको तर्फबाट पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, सुमन प्याकुरेलसमेत आरती भण्डारीको ईशारा र निर्देशनमा चलिरहेको उनले बताएका छन् । 

आइतकनर साँझ जिल्ला अध्यक्षका उमेदवार सचिदानन्द साहलाई उक्त गुटले घेराबन्दी गरी अध्यक्ष केपी शर्मा ओलीको फोन लाउड स्पिकरमा राखप् अर्का प्रतिस्पर्धी अखिलेश चौधरीलाई सर्वसम्मत छोडिदिनसमेत दबाब सिर्जना गरेको एक प्रतिनिधि बताउँछन् । 

यद्यपि चुनावी प्रतिस्पर्धा जारी रहेको र हाल मतदान प्रकियाबाटै नेतृत्वको चयन हुन लागिरहेको छ।  विशेषगरी संस्थापन पक्षका केन्द्रीय सदस्य उद्वव रेग्मीसँगको व्यक्तिगत लडाइको प्रतिफलको रुपमा स्पष्ट गुटको सञ्चालन देखिएको हो। 

द्वन्द्वकालमा रौतहट एमालेको जगलाई बलियो बनाइराख्न योगदान दिएका अध्यक्षका प्रतिस्पर्धी सचिदानन्द साहको नाममा सर्वसम्मत भैसकेको निर्णयलाई महासचिवको आडमा चुनावी प्रतिस्पर्धामा लगेर उपसचिव भण्डारीले गुटको नेतृत्त्व गरी पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह र सुमन प्याकुरेलसमेत माथि आफ्नो प्रभुत्व जमाएर उनीहरु मार्फत अध्यक्ष ओलीलाई प्रयोग गरी रौतहट एमालेको भविष्य माथि खेलवाड गरिरहेको अर्का मधेस प्रदेश कमिटीका पदाधिकारीले बताएका छन् । 

पछिल्लो समय मधेस प्रदेशमा पार्टी सचिव रघुवीर महासेठलाई कमजोर बनाउन महासचिव पोखरेलको बढ्दो सक्रियताको मुख्य नेतृत्व र कमाण्ड सम्हालेकी उपसचिव भण्डारीले रौतहट एमालेमा विभाजनको चिरा पारिदिएको अर्का पूर्व रौतहट जिल्ला अध्यक्षकोसमेत दाबी रहेको छ । 

उनी भन्छन् –रौतहट जिल्ला एमालेलाई प्रभु साहको पछाडि लागेर उपसचिव भण्डारीले यसअघि क्षतविक्षत पारेको र हाल आएर एकजुट भएको रौतहट एमालेलाई आफ्नो व्यक्तिगत ईख पूरा गर्न पुनः महासचिवलाई प्रयोग गरी टुक्रा पार्ने प्रयास भइरहेको छ। यसले रौतहट एमालेमा कहिले पनि एकताको सन्देश नदिने समेत उनको दाबी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ