arrow

नासिर र गौरिकाले तोडे कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
gaurika-singh-naser-hussain.jpg

दोहा । नासिर याहा हुसेन र गौरिका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनशिपमा पुरानो कीर्तिमान भंग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टाइलमा अर्को कीर्तिमान बनाएका हुन् । 

नासिरले जापानको फुकुवाका शहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनशिप २०२३ मा कायम गरेको १ मिनेट ५७।.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनेट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ५।.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

यस्तै सोमबार सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भंग गर्दै नयाँ १ मिनेट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् । 

गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्यामिपयनशिप २०२३ मा राखेको १ मिनेट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ