arrow

नेतान्याहू र बाइडेनबीच गाजाबाट बन्धक फिर्ता गर्ने बिषयमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
joe-biden-netanyoo-israel.jpg

काठमाडौँ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजामा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्न जारी प्रयास र प्यालेस्टाइनी इलाकामा थप सहायताका लागि जारी प्रयासबारे आइतबार फोनवार्ता भएको छ । 

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब १०० जना गाजामै रहेको इजरेली अधिकारीले सिन्ह्वासँग बताए ।

उनहरूबीच गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा स्थलआक्रमण गर्ने इजरेलको घोषित योजनाका साथै गाजामा थप सहायताको सहजीकरणका बारेमा पनि छलफल भएको थियो ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतन्याहूलाई इजरेलले रफाहमा आश्रय लिइरहेका करिब १० लाख मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाबिना सैन्य अभियान अघि बढाउन नहुने बताएका छन् । 

उनले ‘हमासलाई परास्त गर्ने साझा लक्ष्य’ भएको र गाजामा रहेका सर्वसाधारणका लागि मानवीय सहायता बढाउन तत्काल कदम चाल्न पनि आग्रह गरेका छन् । 

बाइडेनले गत हप्ता इजरेलको सैन्य अभियानको आलोचना गरेपछि दुई नेताबीच पहिलो पटक कुराकानी भएको हो । गाजा पट्टीमा इजरेली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या सन् २०२३ अक्टोबर ७ देखि अहिलेसम्म २८ हजार १७६ पुगेको छ भने अन्य ६७,७८४ जना घाइते भएका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ