arrow

रुपामा अध्यक्ष कप भलिबल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
nabaraj-ojha-rupa-kaski.jpg

पोखरा । कास्कीको रुपामा यस वर्ष पनि वडास्तरीय अध्यक्ष कप भलबल प्रतियोगिता हुने भएको छ । साे अवसरमा रुपा गाउँपालिका स्तरीय कास्कीको रुपामा यस वर्ष पनि वडास्तरीय अध्यक्ष कप भलबल प्रतियोगिता हुने भएको छ । झाँकी प्रदर्शनी र माला प्रतियोगिता पनि हुने भएको छ ।

पालिका स्थापनाको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले १ लाख ५० हजार, उपविजेताले ८०, तृतीय हुनेले ४० र सान्त्वना स्थान प्राप्त गर्नेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडीले ५, उत्कृष्ट सर्भर, व्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भलिबल खेल अन्तर्राष्ट्रिय नियमानुसार नै सञ्चालन हुने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीले नम्बर अंकित पोशाक अनिवार्य लगाउनुपर्ने, वडाभन्दा बाहिरका खेलाडी सहभागी हुन नपाउने व्यवस्था गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

फागुन १० देखि २३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता निःशुल्क हुनेछ ।

स्थापना दिवसको अवसरमा माला गाँस्ने प्रतियोगिता, झाँकी प्रतियोगिता पनि हुनेछ । झाँकी प्रदर्शनमा पहिलोले ३० हजार, दोस्रोले २० र तेस्रोले १० तथा सान्त्वना हुनेले ५ हजार पाउँछन् ।

यता, झाँकी प्रदर्शन प्रतियोगितामा ४० समूहको सहभागिता रहने आँकलन गरिएको छ ।

झाँकीमा सहभागी हुने प्रत्येक समूहले बढीमा ५ वटा माला समावेश गर्न पाउनेछन् । कार्यक्रममा जैविक विविधता सम्बन्धी कृषि प्रदर्शनी पनि गरिने अध्यक्ष ओझाको भनाइ छ ।

झाँकी प्रदर्शनतर्फ प्रथमले ३०, द्वितीयले २०, तृतीयले १० र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, माला गाँस्ने प्रतियोगिता विजेताले ६, उपविजेताले ४ र तेस्रो हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । जसमा भलिबल खेल संयोजकमा रामबहादुर गोदार, झाँकी संयोजकमा मुकुन्द बहादुर वंशी, माला प्रतियोगितामा राजन सुवेदी लगायत छन् ।

सबै प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने गाउँपालिका अध्यक्ष ओझाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ