arrow

चाँदी स्थिर रहँदा सुनको भाउ घट्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। चाँदीको भाउ भने स्थिर रहेको छ। आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

 सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ