arrow

माल्दिभ्समाथि नेपालले बनायो २२८ रन, रुबिनाको कीर्तिमानी शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
rubina-chhetry-belbasi-2080.jpg

काठमाडौँ । एसीसी महिला प्रिमियर लिग टी–२० क्रिकेटको आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले शानदार ब्याटिङ गरेको छ । 

नेपालले माल्दिभ्सलाई २२८ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २२७ रन बनायो ।  

नेपालका लागि पूर्व कप्तान रुबिना क्षेत्री बेल्बासीले ५९ बलमा अविजित रहँदै कीर्तिमानी ११८ रन बनाइन् ।

यो कुनै पनि नेपाली महिला क्रिकेटरको पहिलो शतक हो । त्यस्तै पूजा महतोले ३६ बलमा अविजित रहँदै ५९ रन जोडिन् ।

पाँचौँ विकेटका लागि रुबिना र पूजाले ८२ बलमा अविजित १६६ रनको कीर्तिमानी साझेदारीसमेत गरेका छन् । 

शम्मा अलीले ३ विकेट लिइन् । 

नेपालले लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । यो खेल जित्दा नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ