arrow

एसीसी महिला प्रिमियर लिग

माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित

२१४ रनले विजयी, १३ रनमै माल्दिभ्स अलआउट, रुबिनाले बनाइन् नेपालकै पहिलो शतक, पाँचौँ विकेटका लागि १६६ रनको साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
nepal-women-t20-2024-02-13.jpg

काठमाडौँ । एसीसी महिला प्रिमियर लिग टी–२० क्रिकेटको तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । 

मलेसियाको क्वालालाम्पुरमा नेपाल २१४ रनको फराकिलो अन्तरले विजयी भएको हो । टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २२७ रन बनायो ।  

नेपालका लागि पूर्व कप्तान रुबिना क्षेत्री बेल्बासीले ५९ बलमा अविजित रहँदै कीर्तिमानी ११८ रन बनाइन् ।

यो कुनै पनि नेपाली महिला क्रिकेटरको पहिलो शतक हो । त्यस्तै पूजा महतोले ३६ बलमा अविजित रहँदै ५९ रन जोडिन् । 

पाँचौँ विकेटका लागि रुबिना र पूजाले ८२ बलमा अविजित १६६ रनको कीर्तिमानी साझेदारीसमेत गरेका छन् । 

शम्मा अलीले ३ विकेट लिइन् । 

जवाफमा माल्दिभ्सले १३.५ ओभरमा अलआउट हुँदै १३ रनमात्र बनाउन सक्यो । कप्तान सुमयाबिन्थ ए हमीदले सर्वाधिक ५ रन बनाएको इनिङ्समा ६ खेलाडीले खातासमेत खोल्न सकेनन् । 

नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा अलराउन्डरद्वय रुबिना र पूजाले ३–३ विकेट लिए । 

नेपाल समूहका सबै खेल जितेर समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ