arrow

काकाको ज्यान लिएको अभियोगमा भतिज पक्राउ

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर १ बुधबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले ज्यान मारेको अभियोगमा २ जना रोल्पाली युवाहरुलाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरुमा गजुल २ काभ्राका १८ वर्षिय दीपक सुवेदी र सोही स्थानका २३ वर्षिय जीतबहादुर थापा रहेका छन्। असोज २६ गते मिझिङ २ कझिङ रोल्पामा  गजुल २ काभ्राका ३४ वर्षिय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। 
 
पैसाको मोहमा परी उनीहरुले नै सुवेदीको ज्यान लिएको हुनसक्ने इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाका प्रहरी निरिक्षक शशिधर अधिकारीले जानकारी दिए। उनका अनुसार ती तीनजना युवाहरु करिव ६ महिना पहिले रोजगारीको लागि संगै भारतको सीमला पुगेका थिए। असोज २१ गते उनीहरु भारतबाट पुनः संगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशंका गरेको छ। 
 
प्र.नि. अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्यागरी घर गएको हुन सक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ भने अभियुक्त दिपक सुवेदीबाट भारु ३० हजार बरामद समेत गरेको छ। पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी एकै परिवारका काका भतिज भएको बुझिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ