arrow

एसीसी महिला प्रिमियर कप

सेमिफाइनलमा घरेलु टोली मलेसियासँग भिड्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepal-women-cricket-2024-al.jpg

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-२० क्रिकेटको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । 

खेल नेपाली समयअनुसार शुक्रबार बिहान सवा ११ बजे बायोमास ओभलमा शुरु हुनेछ । 

खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । 

नेपालले क्वाटर फाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् । 

एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ