arrow

चाँदीको भाउ बढ्दा सुनको स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.५६ डलरमा र चाँदी प्रतिऔंस २२.३९ डलरमा कारोबार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ